अपराध

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

By खबरहब

January 16, 2024

काठमाडौं– माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौंकाे स्वयम्भू बस्ने वर्ष ३० वर्षीय मायादेवी राना रहेकी छन् ।

रानाले दिपक राज कँडेल समेतलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि ८ लाख रुपैयाँ लाग्छ र माल्टा पुगेपछि होटलमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पटक पटक गरी ४३ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रानाको खोजतलास गर्ने क्रममा आइतबार स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।