समाचार

स्वास्थ्यमन्त्रीलाई धरानका मेयरको पत्र-बीपीका उपकुलपतिलाई कारबाहीको माग 

By खबरहब

January 16, 2024

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले बीपी प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाहीको माग गरेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई पत्र लेख्दै मेयर साङपाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि कार्कीलाई तुरुन्त उपस्थित गराई समस्या समाधान गर्न अनुरोध गरेका छन् ।  

उपकुलपति कार्कीकै कारण प्रतिष्ठानको पठनपाठन तथा स्वास्थ्य सेवा बन्द भएको साङपाङको आरोप छ । कार्कीलाई उपकुलपतिबाट हटाउनुपर्ने माग गर्दै प्रतिष्ठानका कर्मचारीहरू आन्दोलनमा छन् ।

कार्कीले कार्यकारिणी समितिको बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन नगरी लुकेर बसेको, आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको आरोप मेयर साङपाङको छ । 

याे पनि…

हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला