अपराध

चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

January 16, 2024

काठमाडौं– चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका घर भई हाल काठमाडौंकाे बुढानिलकण्ठ स्थित हात्तिगौँडा बस्ने ३९ वर्षीय विकास राई रहेका प्रहरीले जनाएको छ ।

राईले दिवान गिरी समेतलाई वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ र चेक रिपब्लिक पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक  १ लाख ८० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी १ लाख ८० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राईको खोजतलास गर्ने क्रममा बिहीबार कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ  ।