फाइल तस्वीर

समाचार

प्रधानमन्त्री सचिवालयबाट १३ कर्मचारी हटाइयो

By खबरहब

January 16, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रधानमन्त्रीले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।

प्रधामनन्त्री सचिवालयका अनुसार स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगानासहित सचिवालयका १३ जनालाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको हो ।

सचिवालयको अत्यावश्यक ठाउँमा भने केही जनशक्ति थपिने बताइएको छ । प्रधानमन्त्री अर्थ मामिलामा केही सल्लाहकार थप गर्ने मनस्थितीमा रहेको सचिवालयले बताएको छ ।