देश/प्रदेश

पाथीभरामा सञ्चार सेवालाई थप सहज बनाउन वाकिटकीको प्रयोग थालियो

By खबरहब

January 16, 2024

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सञ्चार सुविधा थप व्यवस्थित हुन थालेको छ । पाथीभरामा सञ्चार सेवालाई थप व्यवस्थित बनाउन सञ्चार सेट वाकिटकी प्रयोग गर्न थालिएको छ ।

मन्दिरसहित केही स्थानमा पूर्ण रुपमा मोबाइल नेटवर्क कभरेज नहुँदा सञ्चारमा समस्या आएको भन्दै पाथीभरा क्षेत्र विकास समितिले उक्त सञ्चार सेटको प्रयोग गरेको हो ।

पाथीभरा क्षेत्रमा कार्यरत कर्मचारीबीच सहज सञ्चार मार्फत समन्वय बढाउन साथै संगठित कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले वाकिटकी सञ्चालनमा ल्याइएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए ।

वाटिटकीले आपतकालिन वा अत्यावश्यक अवस्थामा सहयोग पुग्ने समितिको अपेक्षा छ । पाथीभरा मन्दिरसहित पदमार्गका कतिपय स्थानमा मोबाइल फोनको नेटवर्क नआउनेलगायतका समस्या छन् । पाथीभरा क्षेत्रमा भक्तजनको गणना गर्ने, स्वास्थ्यकर्मी, सरसफाई गर्ने, पूजाआजा व्यवस्थापन गर्ने, भेटीघाटी व्यवस्थापन गर्नेलगायतका कर्मचारी खटिएका छन् ।