प्रतिकात्मक तस्वीर

समाचार

मोरङमा दुई वृद्ध बेपत्ता

By खबरहब

January 16, 2024

उर्लाबारी – मोरङको पथरीशनिश्चरे–९ र उर्लाबारी–९ बाट एकै दिन ७६ वर्षीय जनकलाल बास्कोटा र नारायणप्रसाद सापकोटा बेपत्ता भएका छन्। उनीहरू दुवै जना गत पुस २१ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन भएका हुन्।

नाति लेखनाथ बास्कोटाले पुस २१ गते बिहान साढे ७ बजेतिर चिया खाएर चौक निस्किन्छु भनेर हिँडेका हजुरबुबा एक साता बितिसक्दा पनि घर नफर्किएको बताए।

एक साता यता खोजिलाई तीव्र बनाए पनि कहीँ कतै नभेटिएको लेखनाथको भनाइ छ। उनी छोरा गोपाल बास्कोटाको साथमा बस्दै आएका थिए।

सोही दिनको सोही समयमा उर्लाबारी–९ का ७६ वर्षीय नारायणप्रसाद सापकोटा बेपत्ता भएका छन्।