फाइल तस्वीर

अन्तर्राष्ट्रिय

मोदी र पुटिनबीच टेलिफोन वार्ता

By खबरहब

January 16, 2024

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । सोमबार भएको टेलिफोन वार्ताका क्रममा दुई विश्व नेताहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले टेलिफोन वार्ताका क्रममा अन्य क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरुमा छलफल भएको जनाएका छन् । उनले टेलिफोन वार्ताका क्रममा ब्रिक्समा रुसी अध्यक्षताबारे पनि पुटिनसँग कुराकानी भएको उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार रुसले ब्रिक्सको अध्यक्षता गरिरहेको सन्दर्भमा भारतको पूर्ण समर्थन रहनेसमेत मोदीले पुटिनलाई अवगत गराएका थिए । रुसले गत १ जनवरीबाट ब्रिक्सको अध्यक्षता थालेको हो ।