जीवनशैली

वास्तु टिप्स : बालबालिकाको कक्ष कस्तो र कता बनाउने 

By खबरहब

February 16, 2024

काठमाडौं– पछिल्लो समय बालबालिकाहरू एकोहोरो जस्तै भएको धेरै अभिभावकको गुनासो रहेको छ । बालबालिका समाजमा घुलमिल भएनन् मोबाइल फोनमा मात्रै समय बिताउन थाले भन्ने विशेष गरी धेरै अभिभावकको मुखबाट सुन्ने गरिन्छ । 

आफ्ना बालबालिकालाई क्रियटिभ बनाउन धेरै अभिभावकले हर प्रयास गर्छन् । वास्तु शास्त्रले बालबालिकाको कोठाले पनि उनीहरूमा प्रभाव पार्ने बताउँछ । 

वास्तुशास्त्र अनुसार कोठाको बनोट र दिशाका कारण बालबालिकाको प्रगति र विकासको बाटो खुल्ने केही टिप्सहरू छन् । 

वास्तुशास्त्रका अनुसार बालबालिकाको कक्ष पश्चिममा हुनुलाई निकै शुभ मानिएको छ । बालबालिकाको कोठामा पलङको अगाडि नै ऐना, कम्प्युटर, टिभी आदि राख्नु हुँदैन । बालबालिकाको कोठामा धेरै चहकिला बत्तीको प्रयोग गर्नुहुँदैन भनिएको छ यसो गर्दा स्वास्थ्यको हिसाबले पनि आँखामा दीर्घकालीन समस्या देखा पर्न सक्छ । 

आफ्ना बालबालिकाको पलङलाई दक्षिण-पूर्व भागमा राख्नु उचित हुन्छ । र  सुत्दा खेरि टाउको पूर्व कि दक्षिण फर्किएको हुनुपर्छ अथवा त्यही अनुसारले खाट राखिनुपर्छ ।