तस्विर एएफपी

अन्तर्राष्ट्रिय

किसानको आह्वानमा भारत बन्द, सुरक्षा व्यवस्था कडा

By खबरहब

February 16, 2024

काठमाडौं– भारतीय किसानले शुक्रबार देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान सङ्गठनहरूले संयुक्त रुपमा ग्रामीण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

आफ्नो काम छाडेर सडकमा उत्रिएका किसानहरूले कृषि ऋण मिनाहा हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनका क्रममा किसानविरुद्ध चलाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका छन् । 

उनीहरूको आन्दोलनलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टीले पनि समर्थन गरेका छन् । किसानहरूले यही १३ फेब्रुअरीदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए ।