खेलकुद

नेपालले दियो मलेसियालाई जितका लागि ११६ रनको लक्ष्य

By खबरहब

February 16, 2024

काठमाडौं – एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनायो । नेपालका लागि डली भट्टले २४ रन बनाइन् ।

मलेसियाको बायोमास ओभलमा भइरहेको खेलको विजेता फाइनलमा पुग्नुका साथै एसिया कपका लागि छनोट हुनेछ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ ।

नेपाल र मलेसियाबीचको विजेता टोलीले पनि यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।