क्रिकेट

नेपाल र मलेसियाबीचको खेल रोचक बन्दै

By खबरहब

February 16, 2024

काठमाडौं- एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास मैदानमा जारी खेलमा अहिले नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याउँदै मलेसियाले ब्याटिङ गरिरहेको छ ।

१६ ओभरको खेल सकिँदासम्म मलेसियाले ५ विकेट गुमाउँदै ८० रन बनाएको छ । अब मलेसयलाई जितका लागि ४ ओभरमा ३६ रन बनाउन आवश्यक छ ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनायो । नेपालका लागि डली भट्टले २४ रन बनाइन् ।

मलेसियाको बायोमास ओभलमा भइरहेको खेलको विजेता फाइनलमा पुग्नुका साथै एसिया कपका लागि छनोट हुनेछ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ ।

नेपाल र मलेसियाबीचको विजेता टोलीले पनि यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एसिया कपमा महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।