देश/प्रदेश

खुलामञ्चमा धमाधम सरसफाइ (फोटोफिचर)

By खबरहब

February 16, 2024

काठमाडौं- महानगरपालिकाले खुल्लामञ्चको सरसफाइ गरिरहेको छ । खुलामञ्चमा सौन्दर्यीकरण गर्नका लागि महानगरले सरसफाइ गरेको हो । महानगरले खुलामञ्चमा विगत १० महिनादेखि थुप्रिएका करिब १० लाख केजी भन्दा बढी कंक्रिट हटाउने काम सकाएसँगै सरसफाइ गरिएको हो ।

खुलामञ्च सधैँ खुल्लै हुनुपर्छ भन्ने आफूहरुको चाहनाअनुरुप यसलाई थप व्यवस्थित गर्न लागिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जनाएका छन् । कुनै समूह विशेष वा एउटा मात्रै प्रयोजनका लागि नभइ खुलामञ्च बहुउपयोगी महत्वको बनोस् भन्नेमा आफूहरु सचेत रहेको उनले बताए ।

खुलामञ्चलाई थप व्यवस्थित बनाएर यहाँ बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकुन्, बच्चाहरू खेल्न पाउन्, दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरु पनि खुलामञ्चमै होस् भन्ने अभिप्रायका लागि खुलामञ्चको सौन्दर्यकरण गरिएको मेयर बालेन्द्रको भनाइ छ ।

उनले खुलामञ्चमा गरिएको सौन्दर्यकरणबारे आएका समाचारले आम मानिसमा भ्रम सिर्जना गरेको भएको भन्दै दुःख समेत व्यक्त गरेका छन् । शुक्रबार दिउँसो खबरहबको टिम खुलामञ्च जाँदा महानगरका २०–२५ जना सफाइ कर्मचारी काममा व्यस्त देखिन्थे ।

खबरहबका लागि चिरायु शाक्यले खिचेका केही तस्बिरहरु-