राजनीति

वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टबीच एकता हुनुपर्छ : नेता खनाल

By खबरहब

February 16, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताएका छन्  ।

शुक्रबार काठमाडौंमा आयोजित समाजवाद र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा खनालले कम्युनिष्टहरुको एकता आजको अपरिहार्य एकता भएको भन्दै वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताएका हुन् ।

बाम एकताको आवश्यकता रहको अवस्थामा आफ्नो पार्टीले सही कार्यदिशा नीति र विचारको विकास गर्नुपर्ने उनले बताए । खनालले अवको अवस्थामा भावनाले नभई नीतिको बहसले मात्रै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने धारणा राखे ।

उनले कम्युनिस्ट पार्टीलाई देशी विदेशी शक्तिले पटक पटक विभाजन गरेको भन्दै कम्युनिस्ट आन्दोलन पुनर्गठन हुनुको विकल्प नरहेको उल्लेख गरे ।

खनालले समाजवाद प्राप्ति नभएसम्म जनताका आधारभूत समस्या समाधान गर्न सम्भव नभएको तर्क गरे ।