फाइल तस्बिर

अन्तर्राष्ट्रिय

बंगालको खाडीमा नौसैनिक अभ्यास हुँदै

By खबरहब

February 16, 2024

नयाँ दिल्ली- हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबीच बंगालको खाडीमा यसै महिना नौसैनिक अभ्यास आयोजना हुने भएको छ । मिलन नाम दिइएको यस अभ्यासमा भारतका दुई लडाकु विमानवाहक नौसैनिक युद्धपोतसहित ५० भन्दा धेरै नौसैनिक जहाज एवम् पनडुब्बी सहभागी हुने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस अभ्यासमा भारतसहित चारपक्षीय सुरक्षा संवाद क्वाडका अन्य सदस्यहरु अस्ट्रेलिया, अमेरिका र जापानसहित दक्षिणपूर्वी एसियाली मुलुकका नौसेनाले पनि सहभागिता जनाउनेछन् ।

यस अभ्यासमा फ्रान्स, बंगलादेश, दक्षिण कोरिया, भियतनाम, इण्डोनेशियाका नौसैनिकको पनि सहभागिता रहनेछ । यस नौसैनिक अभ्यासमा भारतले आईएनएस विक्रमादित्या र आईएनएस विक्रान्तलाई पनि उतार्नेछ ।

यो मिलन अभ्यासको १२ औँ संस्करण हुने र हालसम्मकै सबैभन्दा वृहद अभ्यास हुने भारतीय नौसैनिक अधिकारीले जनाएका छन् ।