ब्रेकिङ स्टोरी

काठमाडौंको जडीबुटीमा भीषण आगलागी

By खबरहब

February 16, 2024

काठमाडौं । काठमाडौंको जडीबुटीमा भीषण आगलागी भएको छ। शुक्रबार साँझ जडिबुटीको एक फर्निचर कारखानामा भीषण आगलागी भएको हाे ।

चारवटा दमकलको सहयोगमा स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँँकी छ ।