जीवनशैली

घरबाट निस्कने बेलामा खाली भाँडा देखे के हुन्छ ?

By खबरहब

March 16, 2024

काठमाडौँ– नेपाली समाजमा घरबाट कुनै सुभ काममा निस्किन लाग्दा पानी राख्ने गरेका भाँडा खाली देखियो भने अशुभ हुन्छ भन्ने मान्यता छ ।

कोही कोही त आफू हिँड्ने बेलामा कसैले खाली भाँडा निकाल्यो भने रिसाएर समेत हिँड्ने गर्छन् । तर त्यही भाँडामा पानी भरिएको देखियो भने धेरै जना खुसीले फुरुङ हुन्छन् । आजको दिन शुभ हुने भयो, दिन कति राम्रो रहेछ भनेर प्रशंसा गर्ने गर्छन् ।  

खाली भाँडो र फोहोर देख्नु आखिर के को सङ्केत हो त ? यदि घरबाट बाहिर निस्कँदा खुट्टा हिलो वा गोबरमा परे वा दूध, खाली भाँडो वा फोहोर देखिएमा यसलाई असफलताको सूचक मानिन्छ । यस्तोमा इष्ट देवको नाम लिई भगवान् शिव सम्झने, शिवको जप गर्नु पर्दछ भन्ने मान्यता छ ।

कुनै पनि शुभ कामका लागि जाँदा साथमा कलम वा रुमाल अनिवार्य बोक्नु पर्ने अन्यथा विवादमा पर्न सकिने मान्यता छ । शास्त्रका अनुसार यस्ता केही अशुभ सङ्केत भएमा केहीबेर रोकिई मिठाई र पानी खाएर हिँड्नु पर्दछ ।