देश/प्रदेश

आज मुलुकभर मौसमको अवस्था यस्तो छ

By खबरहब

March 16, 2024

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव रहेको जनाएको छ ।

अलिहे देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफ रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर १२ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।