खेलकुद

साउदी प्रो लिग : रोनाल्डोको गोलमा अल नासरको जित

By खबरहब

March 16, 2024

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली अल अहलीलाई १–० गोलले हराउँदै अल नासर विजयी भएको हो ।

अल नासरका लागि पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए । खेलको ६८औँ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले गरेको गोलसँगै अल नासरले जित निकालेको हो ।

यो जितसँगै अल नासर २४ खेलबाट ५६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अल हिलालको ६५ अंक छ । यसैगरी पराजित भएको अल अहली ४७ अंकका साथ तेस्रो स्थानमा छ ।