समाचार

राष्ट्र शान्तिका लागि विशेष पूजा

By खबरहब

March 16, 2024

काठमाडौं- योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि मैतीदेवी मन्दिरमा आज वेदपाठ, चण्डीपाठ र होमादि आयोजना गरेको छ ।

देशमा अशान्ति, झैझगडा, काटमार, सम्बन्ध विच्छेद, बलात्कार, आत्महत्या, हत्याहिंसा, बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एक दिवसीय विशेष पूजा गरिएको हो । 

परिषद्का अध्यक्ष शंकर पौडेलले चार ब्राह्मणद्वारा वेदपाठ, नौ ब्राह्मणद्वारा चण्डीपाठ, ११ ब्राम्हणद्वारा रुद्रीपाठ, चार ब्राम्हणद्वारा अनुष्ठान गरिएको जानकारी दिए।