समाचार

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

By खबरहब

March 16, 2024

पर्सा– जनमत पार्टीको केन्द्रीय समिति बैठक वीरगञ्जमा सुरु भएको छ।

 आजदेखि सुरु भएको बैठक भोलिसम्म चल्ने छ ।

 बैठकमा राजनीतिक प्रतिवेदनमा छलफल हुने पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । 

यस्तै पार्टी अध्यक्ष सिके राउतले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने र भोलि ४ गते साँझसम्ममा निर्णयहरू प्रस्तुत हुने प्रवक्ता यादवले  बताए ।