समाचार

रामेछापमा आगलागी हुँदा ८ घर जलेर नष्ट, करोडौँको क्षति

By खबरहब

March 16, 2024

मन्थली– जिल्लाको रामेछाप नगरपालिका–९ मा बिहीबार भएको आगलागीबाट एक करोड ८६ लाख ३१ बराबरको क्षति भएको छ । 

आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्णरुपमा क्षति भएको थियो । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शुक्रबार स्थलगत रुपमा अनुगमन गरी क्षति विवरण संकलन गरिएको हो । 

आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ । बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेको थियो ।