समाचार

भूमि सम्बन्धी समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिवद्धता

By खबरहब

March 16, 2024

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कानुनी प्रक्रिया पुरा गरेर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । 

एमाले बाणगङ्गा नगर कमिटीले शनिबार कपिलवस्तुमा आयोजना गरेको बधाई एवं सम्मान कार्यक्रममा मन्त्री अधिकारीले भूमि सम्बन्धीका समस्या समाधानका लागि आत्तिएर भन्दा कानुनी प्रक्रिया पुरा गर्न आवश्यक रहेको बताए ।

मन्त्री अधिकारीले यस अघि गठित भूमि आयोग विघटन गर्दा मुद्दा झेल्नुपर्ने लगायत अनेकौं समस्या हुने भएकाले विधि र प्रक्रिया अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्त्रालय मन्त्रालय बिच रहेको कानुनी जटिलता हटाएर नागरिकका काम सहज रुपमा गर्न आफु लागि पर्ने धारणा राखे ।

जनताका लागि काम गर्दा आफूलाई पदको कुनै मोह नरहेको उनले बताए ।