समाचार

सवारी दुर्घटनामा एक जनाको मृत्यु

By खबरहब

March 16, 2024

काठमाडौं– काठमाडौंमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। 

काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा ३३ प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनार रहेका छन्।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।