सांकेतिक तस्बिर

अपराध

हत्या अभियोगमा शंखुवासभाबाट एक जना पक्राउ

By खबरहब

March 16, 2024

इटहरी । प्रहरीले हत्या अभियोगमा संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका २ तल्लो ज्यामिरे बस्ने २६ वर्षीय सङचिल राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार सोही ठाउँका २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएके हो ।

आपसी विवादको क्रममा सङचिलले धारिलो हतियार खुकुरी प्रहार गर्दा रविन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते रविनको उपचारको क्रममा मृत्यु थियो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।