सांकेतिक तस्बिर

देश/प्रदेश

हतुवागढी आगलागी : ज्यान गुमाउने बालबालिकाको पहिचान खुल्यो

By खबरहब

March 16, 2024

विराटनगर – भोजपुर हतुवागढी– ७ पिप्लेमा भएको आगलागीमा जलेर मृत्यु हुने तीन बालबालिकाको पहिचान खुलेको छ।

धन बहादुर कार्कीको खोल्मामा आगलागी हुँदा नीजका दुई नाती र एक नातिनिको आगोले जलेर मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ ।

केदार कार्कीको छोरा ४ बर्षको प्रनिष कार्की ,रमेश कार्कीको छोरी ५ बर्षको दिप्सिखा कार्की र छोरा साढे दुई बर्षको द्द्युनिश कार्कीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

धनबहादुर कार्कीको रमेश र केदार नाताले काका भतिज भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले बताए।आगलागीको कारण खुल्न सकेको छैन्। घटना अपरान्ह ५ः३० बजे घटेको थियो।