फाइल फोटो

समाचार

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

By खबरहब

April 16, 2024

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले दुनै सदरमुकाममा डिपिआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माणका क्रममा फिल्डमा भएको काम भन्दा ९ लाख ९३ हजार ९४० बढी बिल भरपाई गराई भुक्तानी लिएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्य, सव इन्जिनियर मोति प्रसाद बूढा, उपभोक्ता समिति दुनैका अध्यक्ष अभिषेक शाही, सचिव अपरा गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।