मनोरञ्जन

नमेटिने घाउमा माधवकुमार नेपालको अभिनय

By खबरहब

April 16, 2024

काठमाडौं– एसिड आक्रमणबाट पीडित बनेकाहरुको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिनय रहने भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा मंगलबार उनी छायांकनमा सहभागी भएका हुन् ।

अध्यक्ष नेपाल नेताकै भूमिकामा रहने निर्माण पक्षले जनाएको छ । उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाही पनि आजको छायांकनमा सहभागी भएका थिए ।

यस फिल्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहने निर्माण पक्षले बताएको छ । यही फिल्मबाट अभिनेता रमित ढुंगानले निर्देशनमा डेब्यू गर्दै छन् । यस फिल्ममा उनी स्वयंको पनि अभिनय रहने बताइएको छ ।

यस फिल्ममा धेरै नवकलाकारहरुले पनि अवसर पाएका छन् । आरती आचार्य, रचना गौतम, प्राप्ती पौडेल, टिकटक स्टार इभा गिरी, प्रभात पल ठकुरी सन्दीक लोहनी, अकिल बजगाईँ सिजन राउतलगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।