समाचार

खबरहबमा प्रधानमन्त्री : सुशासनबारे छलफल

By खबरहब

April 16, 2024

काठमाडौं– इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहब डटकमको संयुक्त आयोजनामा ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा दरबारमार्गस्थित आईएसएसआरको सभा हलमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ लगायत नीति निर्माणको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाबुद्धिजीवीहरुको उल्लेख्य सहभागिता रहेको छ ।