समाचार

संविधान कार्यान्वयनमा राजनीति दलको नै असमझदारी छ : प्रधानमन्त्री

By खबरहब

April 16, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमा राजनीति दलको नै असमझदारी भएको बताएका छन्।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहब डटकमको संयुक्त आयोजनामा ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।   

उनले भने, ‘प्रमुख राजनीति दलका बिचमा सहमति भएर नै जानुपर्छ । यस्तै उनले आफूले तीन पटक विश्वासको मत लिएको सन्दर्भलाई जोड्दै  तीन पटक विश्वासको मत लिए यो विडम्बना र  विशेषता भएको बताए । 

उनले भने ‘तीन पटक विश्वासको मत लिएर पनि म आफै नेतृत्वमा रहनु देशको आवश्यकता हो । सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिमा म छु ‘