समाचार

अबको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउने छ : प्रधानमन्त्री 

By खबरहब

April 16, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउने आश्वासन दिएका छन्। 

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहब डटकमको संयुक्त आयोजनामा ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको नीति तथा कार्यक्रम जनतामा आशा जगाउने खालको हुने बताए ।   

 उनले भने, ‘नीति कार्यक्रम एकातिर बजेट विपरित आउँदा जनतामा फ्रष्टेशन आउँछ। जनतामा विश्वास दिलाउँछौ । यसमा मेरो मेहेनत लागेको छ । यसले जनतालाई ठुलो आशा दिन्छ । ‘ 

प्रधानमन्त्री प्रचण्डले विकासका लागि दोस्रो संविधान बनेको समेत बताएका छन् । उनले संविधान बनाउँदा नै संविधान सहमति र समझदारीमा बनेको स्मरण गरे ।