समाचार

नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भयो : प्रधानमन्त्री

By खबरहब

April 16, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भएको बताएका  छन् । 

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहब डटकमको संयुक्त आयोजनामा ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

यसैबीच उनले सरकारले अर्थतन्त्रमा सुधार गरिरहेको समेत बताए । आगामी बजेट सुरक्षा र सुशासनमा पनि केन्द्रित रहने बताए। 

उनले भने, ‘भष्ट्राचार नियन्त्रण र सुशासन बनाउने कानुन नै हो ।  संघीय एन जारी गर्ने सकेको छैन । यो बनाउने प्रबन्धसहित सरकार अगाडि बढेको छ । १६ र १७ गते गरिने लगानी सम्मेलनमा पनि छलफल हुन्छ ।’