प्रतिकात्मक तस्वीर

आर्थिक

२ हजारभन्दा तल झर्‍यो नेप्से, सबै उपसूचक राताम्मे 

By खबरहब

April 16, 2024

काठमाडौं- नयाँ वर्षको आगमनसँगै ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । सोमबार दोहोरो अंकले घटेको शेयर बजार आज पनि १४ दशमलव ८१ अंकले घटेर १,९९१ दशमलव ७१ को बिन्दुमा पुगेको हो । 

आज दिनभरीमा ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गार्खाज फाइनान्सको शेयर कारोबार भएको छ । ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको शेयर मूल्य घटेको छ । जसले गर्दा सबै उपसूचक राताम्मे भएका छन् ।

आज सबैभन्दा धेरै एसबिएल डिबेन्चर २०८९ का इकाईधनीले कमाउन सफल भए भने सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाए ।