ब्रेकिङ स्टोरी

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै  

By खबरहब

April 16, 2024

काठमाडौं– सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । 

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाले बताए । 

उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीले हामीलाई मुख्यमन्त्री दिने सहमति भएको छ । बिहान बालुवाटार गएर मैले नै प्रधानमन्त्रीसँग कुरा मिलाएको छु ।’ 

बिहान बालुवाटारमा खनाल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटघाट भएको थियो । 

सुदूरपश्चिमको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिन नागरिक उन्मुक्ति पार्टी पनि तयार भएको बताइएको छ । 

 उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएका छन् । सो पत्र प्रदेश प्रमुखलाई दिएको बताइएको छ ।