समाचार

गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई बर्खास्त नगर्न सर्वोच्चको आदेश 

By खबरहब

April 16, 2024

काठमाडौं– गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारीमा सर्वोच्च अदालतले रोक लगाएको छ । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारी थियो । 

यसलाई रोक लगाउँदै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।