देश/प्रदेश

सुदूरपश्चिममा नाउपाका दुवै नेताको दाबी अस्वीकृत, सोडारी मुख्यमन्त्री बन्ने बाटो खुल्यो

By खबरहब

April 16, 2024

काठमाडौं– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेको  दुवै दाबी अस्वीकृत गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

यसो हुँदा अब सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने बाटो खुलेको छ ।  

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको भनाइ छ ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै