राजनीति

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

By खबरहब

April 16, 2024

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै ऋण नलिएको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फता लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको दाबी गरेका हुन् ।

उनले लेखेका छन् ‘ रवि लामिछानेको नाममा ‘फेक’ धितो ऋण खाता खोली गरी ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको होइन, मेरो ब्यतिगत खातामा सहकारीको पैसा आएको लिएको गएको केही होइन,छैन। अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण छैन ।’

लामिछानेले जीबी राईका सबै बदमासीको ठेक्का आफूले लिनुपर्ने हो भन्दै प्रश्न समेत गरेका छन् । सुप्रिम सहकारीमा ठगि गरेको कुनै प्रमाण अनुसन्धानबाट पुष्टि नभएको समेत रविको दाबी छ ।

यस्तो छ लामिछानेको प्रतिक्रिया: