क्रिकेट

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

By खबरहब

April 16, 2024

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई २२४ रनको लक्ष्य दिएको छ।

सुनिल नारायणको शतक प्रहार गरेपछि कोलकाताले राजस्थानसामु विशाल लक्ष्य प्रस्तुत गरेको हो । इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनायो।

कोलकाताका ओपनर सुनिलले ५६ बलमा १३ चौका र ६ छक्कासहत १०९ रन बनाए । त्यस्तै अंकृष्ण रघुवंशी ३०, आन्द्रे रसेल १३, श्रेयस अय्यर ११ र फिल साल्ट १० रन बनाए ।

राजस्थानका लागि कुलदीप सेन र आभेस खान दुई दुई तथा युजबेन्द्र चाहल र ट्रेन्ट बोल्डले एक एक विकेट लिए ।