खेलकुद

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि चेल्सीको जित

By खबरहब

May 16, 2024

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा गएराति भएको खेलमा ब्राइटनलाई २–१ गोलले हराउँदै लन्डन क्लब चेल्सीले जित निकालेको हो ।

चेल्सीका लागि कोल पाल्मर र क्रिस्टोफर एनकन्कले एक–एक गोल गरेका थिए भने ब्राइटनका ड्यानी वेलबेकले एक गोल फर्काएका थिए ।

खेलको ३४औँ मिनेटमा चेल्सीका पाल्मरले सुरुवाती अग्रता दिलाएको खेलमा ६४औँ मिनेटमा क्रिस्टोफरले अग्रतालाई दोब्बर बनाएका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा ब्राइटनका वेलबेकले गोल गरे पनि टोलीको हारलाई टार्न सकेनन् ।

यो जितपछि चेल्सीले ३७ खेलबाट ६० अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित ब्राइटन समान खेलबाट ४८ अंकसहित १०औँ स्थानमा छ।