राजनीति

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई निर्देशन

By खबरहब

May 16, 2024

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बिहीबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएका हुन् ।

मंगलबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम माथिको छलफल अघि बढ्न नदिने कांग्रेसको अडान छ ।

मंगलबार नै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा संलग्न भनिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नहुँदासम्म सरकारका कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने निर्णय गरेको थियो ।