समाचार

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन

By खबरहब

May 16, 2024

काठमाडौं– नेपाली सेनाका पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ।

८५ वर्षीय थापाको बिहीबार छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि थापालाई दुई दिनअघि अस्पतालमा भर्ना गरिएको थियो।

थापा २०५२ जेठ १ देखि ०५६ जेठ १ सम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए।