समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्धको रिट खारेज

By खबरहब

May 16, 2024

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर माग गर्दै वैशाख ९ गते रिट दायर गरेका थिए ।

न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज गरेको हो ।

चौधरीले सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।