ब्रेकिङ स्टोरी

कांग्रेससँग घम्साघम्सीपछि रणनीति बनाउँदै सत्ता पक्षका शीर्ष नेताहरू

By खबरहब

May 16, 2024

काठमाडौं–प्रतिनिधिसभा बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएपछि सत्ता पक्षका शीर्ष नेताहरू रणनीति बनाउन जुटेका छन् ।

प्रतिनिधिसभामा तनावपछि आवश्यक रणनीति निर्माण र छलफलका लागि सत्ता पक्षका शीर्ष नेताहरू सिंहदरबारमा जुटेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ ।

सत्ता पक्षले भोलिको बैठकमा कांग्रेस संसदहरुले माफी माग्नुपर्ने बताइरहेका छन् । यता कांग्रेस नेताहरूले भने सरकार पक्षले प्रतिपक्षीको आवाज बन्द गर्न खोजेको आरोप लगाइरहेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा राप्रपाले पनि उठेर विरोध जनाएको थियो । उसले पनि सहकारी प्रकरणमा कांग्रेससँग मिलेर संसद्मा विरोध जनाउने अवस्था छ ।

बिहीबार बिहानैबाट संसद् खुलाउने प्रयास भए पनि बजेट अधिवेशनअन्तर्गत तेस्रो बैठकमा तनाव भएको हो । बिहीबार दिनभर दलहरू सहमतिनजिक पुगे पनि संसदीय समितिको कार्यादेशमा कुरा नमिल्दा सहमति अन्तिम समयमा भाँडिएको थियो ।