खेलकुद

युरोकपमा स्वीट्जरल्याण्डको विजयी सुरुवात

By खबरहब

June 16, 2024

काठमाडौं– युरोकप फुटबलमा स्वीट्जरल्याण्डले विजयी शुरुवात गरेको छ । शनिबार साँझ सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा हंगेरीलाई ३–१ गोल अन्तरले हराउँदै स्वीट्जरल्याण्ड विजयी भएको हो ।

स्वीट्जरल्याण्डको जितमा क्वाडवो दुआह, माइकल अबिचेर र बरील एम्बोलोले एक–एक गोल गरेका थिए ।

स्वीट्जरल्याण्डले दुई गोल पहिलो हाफमा गरेको थियो भने तेस्रो गोल दोस्रो हाफमा गरेको थियो । त्यस्तै हंगेरीका बार्नाबास भार्गाले खेलको ६६औ मिनेटमा एक गोल फर्काएका थिए ।

यो जितपछि स्वीट्जरल्याण्डले पहिलो खेलमा जित हासिल गरेर ३ अंक जोडेको छ । यसै समूहमा रहेको आयोजक जर्मनीले पनि पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ ।

अब स्वीट्जरल्याण्डले दोस्रो खेल जुन २० मा स्कटल्याण्डसँग खेल्ने छ भने हंगेरीले जर्मनीसँग जुन १९ मा खेल्ने तालिका रहेको छ ।