देश/प्रदेश

मनकामना केबुलकार ५० दिन बन्द हुने

By खबरहब

June 16, 2024

काठमाडौं– गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि ५० दिनसम्मका लागि सेवा बन्द हुने जनाएको हो ।

प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले केबुलकार मर्मत सम्भार र स्तरोन्नतिका लागि सेवा बन्द गर्नुपरेको जानकारी दिए ।

सो अवधिमा केबुलकारको डिजिटल प्रणालीको स्तरोन्नति र केबुल तार फेर्ने कार्य हुनेछ ।