मनोरञ्जन

‘सेवा झोर्ले सार्वजनिक (भिडियोसहित)

By खबरहब

June 16, 2024

काठमाडौं– सेवा झोर्ले गीतको भिडिओ सार्वजनिक भएको छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगर तथा सङ्गीत र सङ्कलन विजय मगरले नै गरेका हुन् ।

पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेन्जर मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् ।

भिडिओ निर्देशनको काम विजय मगरले नै गरेका छन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ । यस्तै एडिटर कलरिङको काम अर्जुन खड्काले गरेका छन् । पोस्ड प्रोडक्सन दामी क्रिएसनले गरेको हो ।

गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले बताएको छ । गीतले राई र मगर समुदायलाई जोड्न खोजेको देखिन्छ ।

राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाका मार्फत राई समुदायको  ‘ग्रिटिङ्ग्स वर्ड’ सेवा र मगर समुदायको झोर्लेलाई एकैठाउँ अटाइएको छ ।