देश/प्रदेश

पुल बनाउन खनेको खाल्टोमा डुबेका बालकको शव फेला

By खबरहब

June 16, 2024

पोखरा– कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

सोही ठाउँ बस्ने ९ वर्षीया गणेश बि.क असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराइबाट निकालेको हो ।