समाचार

बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती छ : स्वर्णिम वाग्ले

By खबरहब

June 16, 2024

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले  बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले बजेटका लक्ष्य र उद्देश्य स्पष्ट भए पनि कार्यान्वयन चुनौती पूर्ण रहेको बताएका हुन् ।

मन्त्रालयगत छलफलमा भाग लिँदै डा. वाग्लेले ऊर्जा क्षेत्रमा कार्यक्रम राम्रो भए पनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले जलाशय आयोजनामा ध्यान केन्द्रित गर्नुपर्नेमा खहरे खोलामा ऊर्जा परियोजना केन्द्रित गर्दा विद्युत् उत्पादनको सन्तुलन नमिलेको बताए ।

उनले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएको प्रति आफू रनभुल्लमा पारेको बताए ।

डा. वाग्लेले अर्थ मन्त्रालय अन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।