स्टक

१७ अंकले घट्यो शेयर बजार, साढे ५ अर्बको कारोबार 

By खबरहब

June 16, 2024

काठमाडौं– महिनाको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४ अंकले ओरालो लागेको छ । आइतबार परिसूचक शून्य दशमलव ८० प्रतिशतले घटेर २०९५ को विन्दुमा पुगेको हो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इडेक्स पनि ३ दशमलव २५ अंकले ओरालो लागेको छ । आज ७१ हजार ९सय ९७ कारोबारबाट ३ सय १७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता शेयर किनबेच भएका छन् ।

आज दिनभरिमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।