मनोरञ्जन

वेभसिरिज ‘कुटुम्ब’ प्रशारण सुरु 

By खबरहब

June 16, 2024

काठमाडौं– नयाँ वेबसिरिज ‘कुटुम्ब’को प्रशारण सुरु भएको छ ।  शनिबारबाट वेबसिरिजको पहिलो अंक सार्वजनिक भएको हो ।

दर्शकले युट्युब च्यानल ‘कुटुम्ब अफिसियल’बाट यो सिरिज हेर्न पाउनेछन् । हरेक शनिबार साढे ५ बजे नयाँ अंक सार्वजनिक हुने निर्माण पक्षले बताएको छ ।

वेभसिरिजमा कलाकारहरु आयुव केसी, सरिता भण्डारी, रोहित कार्की, राजु भुजेल, घनश्याम तिमल्सिना, मौसम खड्का, स्मारिका खनाल, यशु भट्टराईलगायतको अभिनय रहेको छ ।

सिरिजको निर्देशन युवराज खत्रीले गरेका हुन् । सिरिजबारे निर्देशक खत्री भन्छन्, ‘रगतको नाताभन्दा माथि उठेको आम सम्बन्धका विषयमा सिरिज निर्माण भएको छ ।’

यस सिरिजका लेखक पीएस खतिवडाले हुन् । टेक अधिकारी, सरिता भण्डारी र मुक्ति उप्रेती यसका निर्माता हुन् ।