आर्थिक

हिमालयन बैंकक‍ो थापाथली शाखा सञ्चालनमा

By खबरहब

June 16, 2024

काठमाडौं– हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । उक्त शाखा कार्यालयबाट आइतबारदेखि सेवा शुभारम्भ भएको हो ।

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन् ।

यसैगरी, बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका–१, मेनरोड नारायणगढबाट आइतबारदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नेगरी सञ्चालनमा ल्याएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम,  ६,५०० भन्दा बढी  पाेस टर्मिनलहरू र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।